Skip to main content
राजनीतिThaha Khabar

नेपाल संवत आन्दोलनका उपलब्धि नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छ : मन्त्री श्रेष्ठ

Read the full story at Thaha Khabar

नेपाल संवत आन्दोलनका उपलब्धि नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले नेपाल संवत र नेवाः संस्कृति संरक्षणका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्ने बताए। नेपाल संवत ११४७ को अवसरमा काठमाडौFमा आयोजित कार्यक्रममा बोल्दै उनले अग्रज अभियन्ताहरूले लामो संघर्षबाट स्थापित गरेका उपलब्धिको संरक्षण र पुस्तान्तरण अहिलेको पुस्ताको दायित्व भएको बताए।

मन्त्री श्रेष्ठले नेपाल संवत आन्दोलनका क्रममा उठाइएका मागमध्ये नेवाः विश्वविद्यालय स्थापना प्रक्रिया अघि बढ्नु, नयाँ नेपाली नोटमा नेपाल संवत् समावेश गर्ने सरकारी प्रतिaद्धता आउनु र आकाश भैरवको तस्बिर नोटमा समावेश गर्ने प्रक्रिया अघि बढ्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। उनले नेपाल संवत तथा नेवाः संस्कृति संरक्षणका लागि लामो समयदेखि संघर्ष गर्दै आएका पद्मरत्न तुलाधरलगायत अग्रज अभियन्ताहरूको योगदान स्मरण गरे।