Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

कर्णालीले पनि परिवर्तन गर्‍यो कप्तान, सोमपालको स्थानमा मिलर

Read the full story at Onlinekhabar (Nepali)

कर्णालीले पनि परिवर्तन गर्‍यो कप्तान, सोमपालको स्थानमा मिलर

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चलिरहँदा कर्णाली याक्सले पनि कप्तान परिवर्तन गरेको छ । बिहीबार लुम्बिनी लायन्स विरुद्धको खेलअघि टसका क्रममा नियमित कप्तान सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलर टसका लागि गएका थिए । यसअघि ५ खेलमा सोमपालले कप्तानी गर्दा कर्णालीले २ खेल जितेको थियो भने लगातार तीन खेलमा पराजित भएको थियो ।

सुरुवाती दुई खेल जितेपनि त्यसपछि लगातार तीन खेलमा पराजित भएकोले कर्णालीले कप्तान परिवर्तन गरेको हो । सोमपाल पहिलो रोजाईँमै खेलेपनि नेतृत्व भने मिलरको काँधमा छ । प्रतियोगिताको बिचमा कप्तान परिवर्तन गर्ने कर्णाली दोस्रो टिम बनेको छ । यसअघि पोखरा एभेन्जर्सले पनि कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा श्रीलंकन बलर चमिका करुणारत्नेलाई नयाँ कप्तान बनाएको थियो ।

सुरुवाती तीन खेलमा हारपछि चमिकाले चौथो खेलबाट कप्तानी गरेका थिए । पाँचौ खेलमा पुगेर चमिकाकै कप्तानी पोखराले पहिलो जित हात पारेको थियो ।