‘१८२ सिट आयो भन्दैमा भुइँ छोड्ने छुट कसैलाई छैन’
Read the full story at Onlinekhabar (Nepali)

जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ हामी, हो कि होइन? यसरी हुँदैन, यसरी हुँदैन! माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ। यसपटक चितवन आउन अलिकति ढिला भयो।
ढिला भयो भन्नुको अर्थ म आउन मात्र ढिला भएको हो; सरकारका नीति, हाम्रा बागमतीहरू, अन्य संरचनाहरू भने तपाईंको घरदैलोमा नै छन् होला भन्ने मैले विश्वास राखेर नै “यसपटक चाहिँ केही ढिलो भए पनि फरक नपर्ला” भन्ने सोचेँ, अन्यथा केही होइन। तर त्यति मात्र होइन, यहाँले निकै ठूलो जिम्मेवारी दिएर पठाउनुभएको छ। कसले थाहा पाएको थियो र? चितवनबाट सुरु भएको यो क्रान्तिले आज यति ठूलो मत प्राप्त गर्नेछ र राष्ट्रिय स्तरमा यो देशको सबैभन्दा ठूलो पार्टी बन्नेछ भन्ने कुरा चितवनलाई बाहेक कसलाई थाहा थियो?
चितवनलाई चाहिँ थाहा थियो। त्यसैले त चितवनले हरेक मुश्किलको सामना गर्नका लागि मलाई सधैँ सघायो, प्यारो चितवनप्रति म आभारी छु, तपाईं सम्पूर्ण साथीहरूप्रति। मलाई यो पनि थाहा छ— जतिखेर राजनीतिमा लाग्ने निधो गरेर, चितवनबाट चुनाव उठ्ने निधो गरेर म यहाँ आएको थिएँ, त्यतिखेर तपाईंहरूको आफ्नै दल थियो। त्यस दलको राजनीतिक इतिहास थियो, त्यस दलसँग सम्बन्धित नेताहरूको राजनीतिक विरासत, त्याग, बलिदान, राजनीतिक समर्पण र कैयौँ राजनीतिक चरित्र थियो।
More politics
- सहिद परिवारलाई घर हस्तान्तरण गरेर मकवानपुरमा जागरण अभियानको उद्घाटनNepal Khabar
- मधेस सरकारबाट नेकपाका मन्त्रीले दिए राजीनामाNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar
- स्थानीय तहमा उम्मेदवार छनोटका लागि रास्वपाको सात बुँदे निर्देशनNepal Khabar
- प्रचण्डको दाबी- गगनलाई पक्रन कसैले सक्दैनNepal Khabar
- जुम्लाको न्यूनतम तापक्रम माइनस ०.४ डिग्री, काठमाडौँमा कतिNepal Khabar