कम्पनीको बक्यौता जरिबाना छुटको म्याद २ महिना थप, अब पुस मसान्तसम्म अद्यावधिक गर्न सकिने
Read the full story at Bizmandu
काठमाडौं। सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिबाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ। यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो। कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर तथा जरिबाना मिनाहा हुनेछ।
कार्यालयका रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले कम्पनी संचालकलाई समयमै विवरण अद्यावधिक गरी जरिबाना मिनाहाको सुविधाबाट लाभ लिन आग्रह गरेकी छन्। यसैबीच, कार्यालयमा नयाँ कम्पनी दर्ता हुने क्रम बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा २० हजार ७३६ कम्पनी दर्ता भएकामा आव २०८२/८३ मा २६ हजार २९१ कम्पनी दर्ता भएका छन्। अघिल्लो आवको तुलनामा गत आवमा ५ हजार ५५५ बढी कम्पनी दर्ता भएका हुन्।
रजिष्ट्रार श्रेष्ठका अनुसार चालु आवको कात्तिक १२ गतेसम्म १० हजार ४८० कम्पनी दर्ता भइसकेका छन्। विदेशबाट फर्किएका नेपालीले त्यहाँ आर्जन गरेको सीप, प्रविधि र पुँजी स्वदेशमै लगानी गरी व्यवसाय संचालन गर्न थालेकाले पनि कम्पनी दर्ता बढेको उनले बताइन्। कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयले निजी लिमिटेड, पब्लिक लिमिटेड तथा मुनाफा वितरण नगर्ने कम्पनीको स्थापना, दर्ता, प्रशासन, नियमन र खारेजीसम्बन्धी काम गर्दै आएको छ।
More business
- अर्बौँको राजस्व दिने दूरसञ्चार क्षेत्रको कमाइमा मात्रै सरकारको ध्यान, सुस्ताउँदै पूर्वाधार विकासNepal Khabar
- बजेट कार्यान्वयनमा सिँचाइ आयोजनाहरूको ‘उत्साहजनक सुरुवात’Nepal Khabar
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- पहिलो त्रैमासमै सिँचाइ आयोजनाको उत्साहजनक प्रगति, २३९ करोड खर्चNagarik News
- डेमोक्र्याट्सको जितपछि कच्चा तेलको मूल्य १०० डलरभन्दा तल झर्यो, शेयर बजारमा उछालDC Nepal
- नेपालको संस्कृति र अध्यात्मलाई ‘वेलनेस पर्यटन’को ब्रान्ड बनाउनुपर्नेमा जोडDC Nepal