Skip to main content
राजनीतिNagarik News

स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित

Read the full story at Nagarik News

स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाका लागि फर्मीन लोपेजले दुई तथा एट्लेटिकोका लागि जुलियानो सिमओिनीले एक गोल गरेका थिए ।

खेलको दशौँ मिनेटमा एट्लेटिकोका जुलियानोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४५औँ मिनेटमा बार्सिलोनाका लोपेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस्तै, ६६औँ मिनेटमा लोपेजले व्यक्तिगत दोस्रो गोल गरेसँगै बार्सिलोना २–१ गोलले विजयी भयो ।

यो जितसँगै बार्सिलोना १२ खेलबाट ३३ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको एट्लेटिको मड्रिड २८ अंकसहित तेस्रो स्थानमा छ ।