Skip to main content
राजनीतिRatopati

आखिर कहाँ छन् इमरान खान ?

Read the full story at Ratopati

आखिर कहाँ छन् इमरान खान ?

काठमाडौँ । इमरान खान आज बाह्य संसारभन्दा निकै पर छन् । उनी जेलको कालकोठरी जीवन बिताउन बाध्य छन् । कुनै बेला विश्वले हिरोको तक्मा दिएको व्यक्तित्व हुन् इमरान खान । तर आज उनै हिरो जेलमा बन्दी छन् । जसले जनताको आवाज उठाए, उनी आज आवाजविहीन अवस्थामा छन् । यतिबेला इमरान खानले भोगिरहेको यातनाले विश्वभरका युवापंक्तिमा निकै चासो र चिन्ता बढाएको छ ।

विश्वभरका मानवअधिकारवादी तथा समाजका सबै तह र तप्काका मानिसहरू इमरान खानको सजायलाई लिएर लगातार बोलिरहेका छन् । तर, पाकिस्तानी कानुनको जालमा जेलिएका छन् इमरान खान । इमरान खान कुनै बेला अक्सफोर्ड विश्वविद्यालयका अब्बल विद्यार्थी थिए । उनले राजनीतिलाई शुद्ध बनाउन राजनीतिक पार्टी खोले । पाकिस्तानी जनताको अपार जनसमर्थनमा प्रधानमन्त्री बने । सन् २०२३ अगस्ट ५ । यही दिन इमरान खान पहिलोपटक पक्राउ परेका थिए ।

त्यसयता इमरान खानले निकै पीडादायी जीवन बिताइरहेको खबरहरू सार्वजनिक भएका छन् । उनलाई जेलमै यातना दिइएको खबरसमेत केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए । उनको परिवारले पटकपटक इमरानले भोगेका यातनाका खबर बाहिर ल्याएको थियो । पाकिस्तान सरकारले इमरान खानको आवाज अहिलेसम्म सुनेको छैन । बरु, उनका मुद्दाहरू झन् कमजोर बनाइए र अहिलेसम्म उनलाई जेलमै राखिएको छ । पाकिस्तान सरकारले तोशाखाना मुद्दामा दोषी ठहर गर्दै इमरान खानलाई जेल हालेको थियो ।