कर्णाली पर्यटन गुरुयोजनामा १२ अर्ब ३१ करोड बजेट
Read the full story at Onlinekhabar (Nepali)

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विवरणअनुसार पर्यटन उत्पादन विकास र स्तरोन्नतिका लागि सबैभन्दा धेरै बजेट छुट्याइएको छ । १९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र पर्यटकीय गन्तव्यको स्तरोन्नतिका लागि १२ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कर्णाली प्रदेश पर्यटन गुरुयोजना (२०७७/७८–२०८६/८७) अन्तर्गत पर्यटन क्षेत्रका सातवटा रणनीतिक कार्यक्रममा उक्त बजेट विनियोजन गरिएको हो । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयार पारेको विवरणअनुसार पर्यटन उत्पादन विकास र स्तरोन्नतिका लागि सबैभन्दा बढी ४ अर्ब ३२ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै, पर्यटन पूर्वाधार विकास तथा स्तरोन्नतिका लागि २ अर्ब ९८ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
नीति, संस्थागत संरचना तथा मानव संसाधन विकासका लागि ८७ करोड १४ लाख र गन्तव्य बजार व्यवस्थापन तथा प्रवद्र्धनका लागि ८२ करोड ७० लाख रुपैयाँ राखिएको छ । मन्त्रालयले कर्णालीका हिमाली तथा पहाडी क्षेत्रलाई जोड्ने पाँचवटा प्रमुख पदयात्रामार्ग पहिचान गरेको छ । जसमा ग्रेट हिमालय ट्रेलका उपल्लो, मध्य र तल्लो कर्णाली खण्ड तथा तालदेखि तालसम्मका उपल्लो र तल्लो पदयात्रामार्ग समेटिएका छन् ।
More business
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- बैंकिङ कसुर मुद्दामा डेढ करोड जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका व्यक्ति पक्राउNepal Khabar
- अर्बौँको राजस्व दिने दूरसञ्चार क्षेत्रको कमाइमा मात्रै सरकारको ध्यान, सुस्ताउँदै पूर्वाधार विकासNepal Khabar
- बजेट कार्यान्वयनमा सिँचाइ आयोजनाहरूको ‘उत्साहजनक सुरुवात’Nepal Khabar
- आँखुखोला जलविद्युत कम्पनीले दुधकोशी-२ आयोजनामा १०० करोड रुपैयाँ लगानी गर्नेBizmandu
- नवलपुरस्थित लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्नेOnlinekhabar (Nepali)