बिरामी बोकेको गाडी भिरबाट खस्दा १ को मृत्यु, ५ जना गम्भीर घाइते
Read the full story at Nepal Khabar

गुराँस गाउँपालिका-१ काफलतोलीस्थित कर्णाली राजमार्गमा बिरामी लिएर सुर्खेततर्फ लैजाँदै गरेको क.प्र.०२-००१ च १२१५ नम्बरको जीप भिरबाट खसेको हो। मृत्यु हुनेमा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका ६ बस्ने वर्ष ४१ का रने सार्की रहेका प्रहरीले जनाएको छ। उनको सोबार बिहान करिब ९ बजे उपचारका क्रममा मृत्यु भएको हो। आज बिहान साढे पाँच बजे कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो।
घाइते हुनेमा सन्नित्रिवेणी गाउँपालिका-७ बस्ने वर्ष २२ का जीप चालक योगेश सिंखडा, (शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर), ऐ.ऐ. बस्ने वर्ष १८ का गंगा सार्की, (टाउको तथा शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर). ऐ.ऐ. बस्ने वर्ष २१ का तपेन्द्र सिंखडा, शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर) रहेका छन्।
त्यसैगरी सोही वडाकी वर्ष ३६ की जादुकाल सार्की, (शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर) र ऐ.ऐ. बस्ने वर्ष २७ की कैसि सार्की (बिरामी), शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
More health
- Doctors are using bacteria-killing viruses against superbugs that drugs cannot beatTimes of India
- Children make up nearly half of Deepavali eye-injury cases at Hyderabad hospitalThe Hindu
- दैलेखमा बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु, चालकसहित पाँच जना घाइतेBizmandu
- Putin may not want peace, warns Norwegian leader who spoke to himPolitico Europe
- Who Is Alice Huang, Chinese Woman Linked To Nvidia CEO Jensen HuangNDTV
- Meet 14-year-old Jacob who grows 7,000 tomato plants for his businessTimes of India