सोनिया गान्धीको संस्मरणले निम्त्याएको हंगामा : पक्ष–विपक्षमा बाँडियो भारत
Read the full story at Ratopati

नयाँ दिल्ली । भारतकी प्रमुख विपक्षी नेता तथा कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धीको आत्मसंस्मरण सार्वजनिक भएपछि भारतीय राजनीति फेरि एकपटक इतिहासका पुराना विवादमा केन्द्रित भएको छ । नोभेम्बर १० मा सार्वजनिक भएको उनको पुस्तक ‘बिलङ्गिङः अ जर्नी अफ लभ’ले उनको व्यक्तिगत जीवनका अनुभूति मात्र समेटेको छैन, नेहरू–गान्धी परिवारको राजनीतिक विरासत, कांग्रेसको शासनकाल र भारतका केही विवादास्पद ऐतिहासिक घटनाबारे उनको दृष्टिकोण पनि प्रस्तुत गरेको छ । पुस्तक सार्वजनिक भएलगत्तै सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले यसलाई नेहरू–गान्धी परिवार र कांग्रेसका ऐतिहासिक गल्तीलाई ढाकछोप गर्ने प्रयास भन्दै आलोचना गरेको छ ।
कांग्रेस नेताहरूले भने भाजपाले पुस्तकलाई राजनीतिक विवादमा तानेर पुराना घाउ कोट्याउन खोजेको आरोप समेत लगाएका छन् । यसरी पुस्तकले भारतमा भाजपा र कांग्रेसबिच नयाँ वाक्युद्ध सिर्जना गरेको छ । सन् १९४६ मा इटालीको भिचेन्जानजिकै जन्मिएकी सोनिया गान्धीको विवाह अघिको नाम सोनिया माइनो हो । बेलायतको क्याम्ब्रिजमा अध्ययनका क्रममा उनको भेट भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीसँग भएको थियो ।
सन् १९६८ मा उनीहरूको विवाह भयो । त्यसपछि उनी भारतको सबैभन्दा प्रभावशाली राजनीतिक परिवारमध्ये एक नेहरू–गान्धी परिवारको सदस्य बनिन् ।
More politics
- No government school will be closed due to low enrolment: Minister RajmohanThe Hindu
- Nigeria: Axe-wielding men attack opposition campaign rally in LagosDW
- SFI activists booked for protesting against Minister at Maharaja’s College in Keralam’s Kochi granted anticipatory bailThe Hindu
- Czechia braces for massive protest as anger over government's public media reform plans boilsDW
- १२ बजे १२ समाचार : हुलाकी सडकको नयाँ ‘अलाइनमेन्ट’, सरकारविरूद्ध आन्दोलन गर्न एमाले तयारRatopati
- Assam Draft Electoral Roll Has 2.19 Lakh More Voters Than February ListNDTV