Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

ट्रम्पलाई चुनावी धक्का लागेपछि इरान खुसी, अराघचीले के भने ?

Read the full story at Onlinekhabar (Nepali)

ट्रम्पलाई चुनावी धक्का लागेपछि इरान खुसी, अराघचीले के भने ?

‘अमेरिकी मतदाताले आफ्नो निर्णय सुनाइसकेका छन् । अब ह्वाइट हाउसले पनि आफ्नो निर्णय लिनुपर्ने समय आएको छ,’ अराघचीले एक्समा लेखेका छन् । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको वार्तामा कुनै प्रगति नभएको बताएका छन् । गत साता अमेरिकामा भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको धक्कापछि वासिङ्टनको धारणा परिवर्तन हुने हो कि भन्ने प्रतीक्षामा इरान रहेको उनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले पनि इरानमाथि अमेरिका र इजरायलले गरेको युद्ध आफ्नै पार्टीको चुनावी पराजयको एउटा प्रमुख कारण बनेको स्वीकार गरेका छन् । ‘अमेरिकी मतदाताले आफ्नो निर्णय सुनाइसकेका छन् । अब ह्वाइट हाउसले पनि आफ्नो निर्णय लिनुपर्ने समय आएको छ,’ अराघचीले एक्समा लेखेका छन् । उनले इरानको दुईदिने प्रस्ताव अझै कायम रहेको उल्लेख गर्दै युद्धका सबै मोर्चामा अन्त्य गर्नेसहितका सर्त पूरा गरे परिणाम देखिने बताएका छन् ।

‘सर्तहरू पूरा गर्नुहोस्, जसमा सबै मोर्चामा युद्ध अन्त्य गर्ने विषय पनि समावेश छ । त्यसपछि परिणाम देख्नुहुनेछ । अन्यथा युद्ध रोज्नुहोस्, हाम्रा सतर्क र युद्धको अनुभवले खारिएका योद्धाहरूले कस्तो जवाफ दिन सक्छन् भन्ने पनि देख्नुहुनेछ,’ अराघचीले लेखेका छन् ।