धनतेरसको दिन सुनको मूल्यमा प्रति तोला ५ हजार ९०० रुपैयाँले गिरावट, चाँदी पनि सस्तियो
Read the full story at Bizmandu
काठमाडौं। धनतेरसको दिन सुनचाँदीको मूल्य सस्तिएको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार सुन तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शुक्रबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८३ हजार रुपैयाँ निर्धारण भएको छ।
बिहीबार सुन तोलामा १३ हजार ३ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य शुक्रबार तोलाको ३ हजार ८१० रुपैयाँमा आइपुगेको छ। शुक्रबार चाँदी प्रति तोला ११० रुपैयाँ घटेको छ। बिहीबार चाँदी प्रति तोलामा २ सय ६५ रुपैयाँले बढेर प्रति तोला ३ हजार ९२० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शुक्रबार प्रति औँस ४०५०.३ डलर छ। चाँदी प्रति औँस ५१.६१ डलर छ। The post धनतेरसको दिन सुनको मूल्यमा प्रति तोला ५ हजार ९०० रुपैयाँले गिरावट, चाँदी पनि सस्तियो appeared first on BIZMANDU .
More business
- जब कर्मचारीले ‘तिहार बोनस’ मा आईफोन १६ पाए !Nagarik News
- राष्ट्र बैंकसँग सुनका असर्फीको ‘स्टक’ सकियो, आज चाँदीका सिक्का मात्र बिक्री गर्नेThaha Khabar
- Nepal Rastra Bank suspends gold coin sales due to stock shortageOnlinekhabar English
- एनपीएल: सुदूरपश्चिमविरुद्ध कर्णालीले टस जितेर फिल्डिङ रोज्योDC Nepal
- सुदूरपश्चिमविरूद्ध कर्णालीले बलिङ गर्ने, डेभिड मिलरको डेब्यूThaha Khabar
- पाँच दशकदेखि काठमाडौंलाई झिलिमिली बनाइरहेको भोटेबहाल, ‘पहिला जस्तो छैन व्यापार’Bizmandu