Skip to main content
राजनीतिNepal Khabar3 outlets covering

काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

Read the full story at Nepal Khabar

काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

डेविड वार्नरको उत्कृष्ट ब्याटिङमा काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु जितका लागि १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ। शनिबार कीर्तिपृुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको हो।

पहिलो विकेटका लागि ओपनर डेविड वार्नर र शाहिल पटेलले १३.२ ओभरमा १०४ रनको साझेदारी गरे। ३६ बलमा दुई चौका र दुई छक्काका सहयोगमा ३८ रन बनाएका शाहिल शेर मल्लको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए।

त्यस्तै, वार्नर ४९ बलमा नौ चौका र एक छक्काका सहयोगमा ६६ रन बनाउँदा शेर मल्लकै बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। सहान ३४ रनमा अविजित रहे।