Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)2 outlets covering

कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

Read the full story at Onlinekhabar (Nepali)

कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

२७ कात्तिक, काठमाडौं । नेपालले कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान गरेको छ । नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल उद्योग स्थापना गर्ने महत्वाकांक्षी योजना अघि सार्दै लगानी आह्वान गरेको हो । आगामी पाँच वर्षभित्र स्वदेशमै ग्रीन मल उत्पादन गरी नेपाली बजारमा पुर्‍याउने लक्ष्यसहित सरकारले स्वदेशी तथा विदेशी लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्रविधि प्रदायकलाई परियोजनामा सहभागी हुन आह्वान गरिएको भ्रमणमा सहभागी डा।

राम लामाले जानकारी दिए । डा। लामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् हुन् । उनका अनुसार कोप–३१ मा नेपालको तर्फबाट कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रीन हाइड्रोजनमा आधारित मल उद्योग स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

उद्योग स्थापनाका लागि आवश्यक जग्गा उपलब्ध गराउने, उद्योगलाई प्रतिस्पर्धी बनाउन सहुलियत दरमा विद्युत् उपलब्ध गराउने, उपकरण तथा मेसिनरी आयातमा कर छुटलगायतका सहुलियत प्रदान गर्ने र आवश्यकताअनुसार नीतिगत संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । यसबारे छलफल भएको सत्रका अध्यक्षता सांसद् डा। राम लामाले गरेका थिए ।