ट्रम्पले भने : हुवाङलाई महिला चिनियाँ जासुस हो भन्ने थाहा थिएन
Read the full story at Onlinekhabar (Nepali)

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एनभिडियाका सीईओ जेन्सेन हुवाङको बचाउ गर्दै आफ्नो अफेयरमा रहेकी ती महिला चिनियाँ जासूस हुन् भन्ने कुरा हुवाङलाई जानकारी नभएको बताएका छन्। हुवाङ एक असल मान्छे भएको बताउँदै ट्रम्पले यस घटनाबाट अमेरिकी सुरक्षामा कुनै खतरा नपुगेको विश्वास व्यक्त गरेका छन्। यता, चीनले भने आफूमाथि लागेको जासुसीको आरोप पूर्ण रूपमा बेबुनियाद भएको भन्दै खारेज गरेको छ।
ट्रम्पले आफैँ हुवाङसँग सोधेका थिए चिनियाँ महिलाको बारेमा ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ट्रम्पले यस मामिलाबारे सुनेर आफूलाई अचम्म लागेको बताए। उनले हुवाङलाई लामो समयदेखि चिनेको र उनी एक राम्रो व्यक्ति भएको बताएका छन्। ट्रम्पले आफूले आफैँ हुवाङसँग कुरा गरेर ती महिलाको चिनियाँ गुप्तचर एजेन्सीसँगको कथित सम्बन्धबारे पहिले नै थाहा थियो वा थिएन भनेर सोधेको जानकारी दिए। फक्स न्युजका अनुसार ट्रम्पले भने, ‘हुवाङले मलाई ती महिला जासूस हुन् भन्ने कुराको पत्तोसम्म नभएको बताए।
म उनको कुरामा पूर्ण रूपमा विश्वास गर्छु। ’ ट्रम्पले एनभिडियाको प्रविधि र हुवाङको इन्जिनियरिङ क्षमताको पनि खुलेर प्रशंसा गरे। कम्पनीको ‘ब्ल्याकवेल’ चिप प्रविधि दुनियाँमै सबैभन्दा अगाडि रहेको र यसको बनावट यति जटिल छ कि अन्य कम्पनीहरूले यसको नक्कलसमेत गर्न नसक्ने उनले बताए।
More society
- आज गोरु तिहार: बली, हलि र गोरुको पूजा गरिँदैNepal Khabar
- नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदैNepal Khabar
- तिहारको मैनबत्तीबाट आगो सल्कियो, ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर जलेर नष्टNepal Khabar
- Students turn their school’s flower farm into a Tihar businessKathmandu Post
- तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद: संस्कृति, स्वास्थ्य र प्रवर्द्धनको आयामDC Nepal
- Tool developed to test teachers’ knowledge of inclusive educationThe Hindu