Skip to main content
समाजNagarik News

अदालतदेखि प्रेससम्मका संस्था कमजोर भए लोकतन्त्र कमजोर हुन्छ : रवि लामिछाने

Read the full story at Nagarik News

अदालतदेखि प्रेससम्मका संस्था कमजोर भए लोकतन्त्र कमजोर हुन्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यका संस्थाहरू कमजोर भए देश र लोकतन्त्र दुवै कमजोर हुने बताएका छन्। उनले अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, वैदेशिक सम्बन्ध, पेसागत संगठन र प्रेसजस्ता संस्थामाथि हल्का टिप्पणी गर्दा तिनको संस्थागत क्षमता र मनोबल कमजोर हुने बताएका हुन्। ‘यो देशमा अदालत पनि कमजोर हुने, प्रहरी पनि कमजोर हुने, सुरक्षा निकाय पनि कमजोर हुने, निजी क्षेत्र, वैदेशिक सम्बन्ध, पेसागत संगठन र प्रेस पनि कमजोर हुने हो भने यो देश कमजोर हुन्छ। लोकतन्त्र कमजोर हुन्छ,’ उनले भने।

कमजोर लोकतन्त्रले ठूला कुरा गर्न सक्ने तर परिणाममुखी काम गर्न नसक्ने उनको भनाइ थियो। आफ्ना अभिव्यक्ति, क्रियाकलाप र निर्णयबाट लोकतन्त्रका आधारस्तम्भलाई कमजोर बनाउने काम गर्न नहुने उनले बताए। लामिछानेले राज्यका अनुसन्धान गर्ने निकायलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई प्रभावकारी बनाएर निष्पक्ष अनुसन्धान गर्ने वातावरण बनाउनुपर्ने बताए। अनुसन्धान यति बलियो हुनुपर्ने उनको भनाइ थियो कि भ्रष्टाचारमा संलग्न व्यक्तिले अदालतबाट उन्मुक्ति पाउनुको सट्टा कानुनी कारबाही भोग्नुपर्ने अवस्था बनोस्।

‘पहिला सुन्नुपर्छ र सुनिसकेपछि राम्रोसँग अनुसन्धान गर्नुपर्छ। कुनै भ्रष्टलाई पक्राउ गर्।