स्वर्गको ढोका बन्द हुने स्थिति आए पनि विरोधीहरूलाई माफ गर्दिनँ : डोनाल्ड ट्रम्प
Read the full story at Onlinekhabar (Nepali)

अन्तर्वार्ताकार डुथाटले ट्रम्पलाई अमेरिकी इतिहासमै सबैभन्दा भाग्यशाली र अभूतपूर्व जीवन पाएको व्यक्ति भएर पनि शत्रुहरूलाई माफ गर्न किन सक्नुहुन्न भनी प्रश्न गर्दा पनि ट्रम्प आफ्नो अडानमा कायम रहे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूलाई कहिल्यै माफ नगर्ने र त्यसका लागि मरेपछि स्वर्गको ढोका बन्द भएर नरक वा मध्यलोक (पर्गेटरी) मा बस्नुपरे पनि मन्जुर रहेको अप्रत्याशित अभिव्यक्ति दिएका छन्। आइतबार राति प्रसारित सिबिएस न्युजको चर्चित कार्यक्रम ‘६० मिनेट’ मा पत्रकार रस डुथाटसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले इश्वरको न्यायको अगाडि उभिनुपरे पनि आफूले शत्रुहरूप्रति क्षमाभाव राख्न नसक्ने स्पष्ट पारेका हुन्।
अन्तर्वार्ताकार रस डुथाटले राष्ट्रपति ट्रम्पलाई सुरुमा ‘के तपाईं मरेपछि स्वर्ग जानुहुन्छ भन्ने लाग्छ?’ भनी सोधेका थिए। ट्रम्पले गम्भीर हुँदै जवाफ दिएका थिए, ‘म त्यस्तै आशा गर्छु, म नरक जान चाहन्नँ। ’ त्यसपछि डुथाटले ट्रम्पले दक्षिणपन्थी राजनीतिक कार्यकर्ता स्वर्गीय चार्ली किर्कको शोक सभामा दिएको अभिव्यक्तिको स्मरण गराएका थिए।
किर्ककी पत्नी एरिका किर्कले क्षमा र प्रेमको सन्देश दिइरहँदा ट्रम्पले आधा-ठट्टाको शैलीमा ‘म मेरा विरोधीहरूलाई घृणा गर्छु र उनीहरूको राम्रो भएको हेर्न चाहन्नँ’ भनेका थिए।
More politics
- तेस्रो एनपीएलमा पोखराका ओपनर सामराले हाने पहिलो शतकNepal Khabar
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar
- सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)Nepal Khabar
- एनभिडियाका सीईओ जेन्सेनकी प्रेमिका चिनियाँ जासुस रहेको आरोपले अमेरिकामा हलचलNepal Khabar