देउसी-भैलोमा हराउँदै मौलिकता
Read the full story at Onlinekhabar (Nepali)

२४ कात्तिक, धनकुटा । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, घरआँगनमा बनाइने रंगोली अनि साँझपख गाउँबस्तीमा गुञ्जिने देउसी–भैलोका भाका स्मरणमा आउँछन् । तिहारको उल्लासलाई पूर्णता दिने देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो । मादल, खैँजडी र बाँसुरीको तालमा सामूहिक रुपमा गीत गाउँदै नाच्ने, घरघर पुगेर आशिष दिने र आपसी सद्भाव साटासाट गर्ने चलनले तिहारलाई थप विशेष बनाउँथ्यो ।
तिहारको समयमा गाउँका टोलटोलमा बालबालिका, युवायुवतीदेखि बूढापाकासम्म देउसी–भैलो खेल्न भेला हुन्थे । कसैले मादल बजाउँथे, कसैले खैँजडी र झ्यालीको ताल मिलाउँथे भने कसैले परम्परागत भाकामा गीत गाएर माहोल तताउँथे । घरधनीले पनि देउसी–भैलो टोलीलाई स्वागत गर्दै दक्षिणा दिने र उनीहरूबाट आशीर्वाद लिने गर्थे । यसरी देउसी-भैलो मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक सम्बन्ध विस्तार, आपसी सद्भाव र सांस्कृतिक पुस्तान्तरणको माध्यमसमेत बनेको थियो ।
तर, समयक्रमसँगै देउसी–भैलो खेल्ने शैलीमा परिवर्तन आएको छ । आधुनिकताको प्रभाव, प्रविधिको बढ्दो प्रयोग र नयाँ पुस्ताको रुचिमा आएको परिवर्तनसँगै परम्परागत देउसी–भैलोको मौलिकता हराउँदै गएको छ । पहिले मादल र खैँजडीको तालमा गुञ्जिने देउसी–भैलो अहिले साउन्ड सिस्टम र रेकर्ड गरिएका आधुनिक गीतमा सीमित हुन थालेको छ ।
More politics
- ‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’Nepal Khabar
- विजया दशमीका दिन पोल्यान्डमा बितेका द्रोणको शव भाइटीकाका दिन नेपाल आइपुग्दैNepal Khabar
- गणेशमानको त्याग र आदर्शबाट कांग्रेसले पाठ सिक्नुपर्छ: प्रकाशमान सिंहNepal Khabar
- जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमNepal Khabar
- छठ मनाउन मधेस जाँदै गगन थापाNepal Khabar
- एनपीएलमा मस्कटको देउसी भैलो (तस्बिरहरू)Nepal Khabar