स्टार्टअप समिट: ‘नयाँपुस्तालाई उद्यमी बनाउने प्रयास’
Read the full story at Nagarik News

व्यवसाय सुरु गर्ने क्रममा विभिन्न प्रकारका अन्योल र चुनौती देखिन्छन्। व्यवसाय सफल होला कि नहोला, सुरु गरेपछि आम्दानी गर्न सकिएला कि नसकिएला, जसोतसो सुरु गरेको व्यवसाय टिकाउन सकिएला कि नसकिएला, व्यवसाय सञ्चालनका लागि ऋण कहाँबाट लिने र ऋण पाइएला कि नपाइएला भन्ने जस्ता प्रश्नले नयाँ उद्यमीलाई अन्योलमा पार्ने गर्छन्। यस्तै समस्याका कारण कतिपयले चाहना हुँदाहुँदै पनि तत्कालै व्यवसायमा हात हाल्ने आँट गर्दैनन्।
यही अवस्थालाई मध्यनजर गर्दै ‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने उद्देश्यसहित नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्ने लक्ष्यका साथ पोखरामा बुधबार ‘स्टार्टअप नेपाल समिट–२०२६’ आयोजना गरिएको छ। नीति रिसर्च प्रालिले आयोजना गरेको उक्त समिटमा लगानीका नयाँ अवसर, चुनौती, लगानीको खोजी, लगानीका क्षेत्र तथा लगानीको सुरक्षालगायत विषयमा छलफल गरिएको छ। छलफलमा सहभागीहरूले स्वदेशमै उत्पादन गरी आर्थिक लाभ लिन सकिने गरी योजना बनाउन सुझाव दिएका थिए।
राष्ट्र निर्माणमा स्टार्टअपको भूमिकाबारे बहस गर्दै लगानीका अवसर बढाउन आवश्यक स्रोतसाधनको खोजी र सहकार्यका उपायबारे वक्ताहरूले सुझाव दिएका थिए। कार्यक्रममा नीति रिसर्चकी अध्यक्ष शोभा ज्ञवालीले स्टार्टअपमार्फत युवालाई जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने बनाउने लक्ष्य राखिएको बताइन्।
More politics
- पत्रकार धरपकड र मिडिया काउन्सिल विधेयकबारे छलफल गर्दै महासंघNepal Khabar
- ऊर्जामन्त्री श्रेष्ठसँग भारतका विदेश सचिवको भेट, द्विदेशीय ऊर्जा सहकार्यबारे छलफलNepal Khabar
- विषयगत समितिका सभापतिहरूसँग सभामुखले गरे छलफलNepal Khabar
- नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिकNepal Khabar
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar