‘जग्गा सट्टापट्टाको प्रस्तावमा मुख्यसचिवले जिम्मा लिनुपर्छ’
Read the full story at Onlinekhabar (Nepali)

विराटनगरको जग्गा सट्टापट्टाको निर्णयबाट भ्रष्टाचार भएको भन्ने उजुरीको अनुसन्धानका क्रममा अख्तियारमा बयान दिँदै डा. रिजालले त्यसमा मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान गरेका हुन् । १९ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा.
मिनेन्द्र रिजालले मन्त्रिपरिषद्मा पेश हुने प्रस्तावको बारेमा मुख्यसचिव जिम्मेवार हुनुपर्ने बयान दिएका छन् । विराटनगरको जग्गा सट्टापट्टाको निर्णयबाट भ्रष्टाचार भएको भन्ने उजुरीको अनुसन्धानका क्रममा अख्तियारमा बयान दिँदै डा. रिजालले त्यसमा मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान गरेका हुन् । ‘कानून सम्मत प्रस्ताव भए नभएको हेर्ने जिम्मेवारी मन्त्रिपरिषद्को सचिवालयको हो’ उनले बयानमा भनेका छन्, ‘कानून सम्मत नभएको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गर्नु हुँदैन ।
’ रिजाल क्यानिङ कम्पनीका संस्थापक सदस्यहरूसँग आफ्नो १३ दिने नातेदारी भएपनि ६ पुस्ताअघि नै पारिवारिक सम्बन्ध अलग रहेको बताएका छन् । उनले आफू त्यो ठेगानामा २०४२/४३ सालदेखि नै नबसेको जिकिर पनि गरे । अख्तियारले उनीमाथि नातेदारहरूलाई लाभ पुग्नेगरी ‘स्वार्थको द्वन्द्व’युक्त निर्णय गरेको आरोप लगाएको थियो । उनले निर्णय हुँदा ‘हदबन्दी भन्दा बढी जग्गा राख्न छुट दिने सम्बन्धी कार्यनीति, २०६२’ मा व्यवस्था भएको समितिको निर्णय भएको दाबी गरे ।
More politics
- ऊर्जा मन्त्रालयका महाशाखा र शाखामा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमनNepal Khabar
- सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो: प्रदीप पौडेलNepal Khabar
- पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछानेNepal Khabar
- मिस्रीले भेटे रविNepal Khabar
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar