Skip to main content
समाजOnlinekhabar (Nepali)

नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थप्ने गृहकार्यमा गृहमन्त्रालय

Read the full story at Onlinekhabar (Nepali)

नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थप्ने गृहकार्यमा गृहमन्त्रालय

गृह मन्त्रालयले थप गर्न गृहकार्य गरिरहेको दरबन्दी प्रस्ताव स्वीकृत भएमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायको दरबन्दी संख्या केही बढ्नेछ । नेपाल सरकार मन्त्रिपरिषद्को पूर्वस्वीकृतिबमोजिम गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको सिफारिस अनुसार दरबन्दी थप गर्ने प्रक्रिया अगाडि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले हालै सार्वजनिक गरेको पछिल्लो तीन महिनाको प्रगति विवरणमा उल्लेख भए अनुसार नेपाल प्रहरीमा कुल दुई हजार १९४ दरबन्दी थप गर्न लागिएको छ । साथै, सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न गठित समितिको सिफारिस अनुसार एक हजार ७७४ दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयको सहमतिका लागि पत्राचार गरिएको प्रगति विवरणमा उल्लेख छ ।

गृह मन्त्रालयले थप गर्न गृहकार्य गरिरहेको दरबन्दी प्रस्ताव स्वीकृत भएमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायको दरबन्दी संख्या केही बढ्नेछ ।