Skip to main content
अर्थतन्त्रBizmandu

झापामा बजारका स्वरूप फेरिए, आगलागीका घटनामा नियन्त्रणको पूर्वाधार वर्षौंदेखि उस्तै

Read the full story at Bizmandu

भद्रपुर (झापा)। झापाका प्रमुख बजारमा व्यापारिक भवन, होटल र आवासीय संरचना थपिने क्रम तीव्र छ। सहरीकरणसँगै व्यापारिक गतिविधि र बस्ती विस्तार भइरहे पनि आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वाधार भने विस्तार हुन सकेको छैन। दमकलको व्यवस्था भए पनि तत्काल पानी भर्न सकिने फायर हाइड्रेन्ट नहुँदा आगलागी नियन्त्रणमा समस्या हुने गरेको छ। यसको पछिल्लो उदाहरण बिर्तामोड नगरपालिका-४ स्थित सिद्धार्थ होटलनजिक गत बुधबार बिहान भएको आगलागी हो।

राजेश मण्डलको दुईतले घरमा लागेको आगो नियन्त्रण गर्न जिल्लाका सातवटा दमकल परिचालन गरिए पनि पानीको अभावले समस्या भयो। करिब साढे पाँच घण्टापछि नियन्त्रणमा आएको आगलागीबाट झन्डै ६ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। दमकलले नजिकै पानी भर्ने निश्चित स्रोत नपाएपछि केही बुट्टाबारी र केही बिर्ताबजार पुग्नुपरेको थियो। पानी भर्ने मोटरमा विद्युत् अवरुद्ध हुँदा थप समस्या भयो। अन्ततः नजिकैको सिद्धार्थ होटलको स्विमिङ पुलबाट पानी तानेर आगो निभाइएको थियो।

बिर्तामोड नगरपालिकाका दमकल इञ्चार्ज नवीन मेचेका अनुसार आगलागी नियन्त्रणमा प्रयोग भएको कुल पानीमध्ये करिब ५० प्रतिशत होटलको स्विमिङ पुलबाट आपूर्ति गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार गत भदौ र असोजमा झापामा १९ वटा आगलागीका घटना भएका थिए। ती घटनाबाट १० करोड ७८ लाख ९२ हजार रुपैयाँभन्दा बढीको क्षति भएको थियो।