Skip to main content
समाजOnlinekhabar (Nepali)

महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

Read the full story at Onlinekhabar (Nepali)

महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए। २६ कात्तिक, काठमाडौं । बढ्दो आवास लागत र मुद्रास्फीतिको विरोधमा स्पेनमा १४ वर्षमा पहिलो पटक आम हडतालको क्रममा बार्सिलोनामा नकाबधारी समूह र प्रहरीबीच झडप भएको छ। देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए।

बार्सिलोनामा, नकाबधारी व्यक्तिहरूले फोहोरको डिब्बामा आगो लगाउनका साथै पसलहरू तोडफोड गरेका थिए । प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । हडतालका कारण स्पेनभरि यातायात र अन्य सार्वजनिक सेवाहरूमा अवरोध उत्पन्न भएको छ भने म्याड्रिड र बार्सिलोनाका धेरै मुख्य सडकहरूमा यातायात अवरुद्ध भएको छ। बार्सिलोनामा भएको विरोध प्रदर्शन प्रायः शान्तिपूर्ण थियो ।

प्रदर्शनमा बालबालिका र वृद्धवृद्धाहरू पनि समावेश थिए। विरोध प्रदर्शनमा सहभागी ३७ वर्षीया शिक्षिका ओल्गा डोमिङ्गोले आफ्नो तलबको तुलनामा चालू खर्चले बाँच्न गाह्रो भएको बताइन्। स्पेनमा नोभेम्बर २९ मा संसदीय चुनाव हुँदैछ । प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो आवास सुधार योजना संसदीय स्वीकृति प्राप्त गर्न असफल भएपछि गत महिना नै समयपूर्व चुनावको घोषणा गरेका थिए।