चाडपर्वमा चोरी, लुटपाट र पटका नियन्त्रण गर्न प्रहरीलाई आईजीपीको कडा निर्देशन
Read the full story at Nagarik News

प्रहरी महानिरीक्षक मनोजकुमार केसीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न र प्रहरीलाई थप सक्रिय बनाउन निर्देशन दिएका छन्। शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममा प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले दिपावली, नेपाल सम्वत् र छठलगायतका पर्वमा हुन सक्ने आपराधिक गतिविधि रोक्न विशेष सतर्कता अपनाउनुपर्ने बताएका हुन्। उनले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाटलगायतका घटना नियन्त्रण गर्न प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिए।
साथै पटका तथा विस्फोटक पदार्थको कारोबार नियन्त्रण गर्न र सामाजिक सद्भाव बिगार्ने गतिविधिप्रति सचेत रहन आग्रह गरे। केसीले स्थानीय तह र सरोकारवालासँग समन्वय गरी आवश्यक सुरक्षा योजना बनाउन पनि निर्देशन दिए। प्रदेश तथा जिल्ला प्रहरी प्रमुखलाई आफ्नो कार्यक्षेत्रको अनुगमन गरी कमजोरी समयमै सुधार गर्न उनले जोड दिए।
कार्यक्रममा प्रहरीका उच्च अधिकारीसहित सातै प्रदेशका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायका प्रमुख र प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी थिए।
More society
- पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेशNepal Khabar
- कानुन मन्त्रालय पठाइँदै शिक्षा नियमावली संशोधन प्रस्तावNepal Khabar
- विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न परिपत्रNepal Khabar
- तिहारमा परदेशीको पीडा र परिवारको सम्झना समेट्दै जितेन्द्रको देउसी भैलोNepal Khabar
- Rajasthan police rescue six minors forced into sex work, five arrestedThe Hindu
- Kochi doctor booked for sexual assault a day after actors’ arrest on his complaintThe Hindu