Skip to main content
राजनीतिNagarik News

रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको यसरी भयो उद्धार

Read the full story at Nagarik News

रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको यसरी भयो उद्धार

बझाङको केदारस्युँ गाउँपालिका-९, सेकुमा भिरबाट लडेर रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको सकुशल उद्धार गरिएको छ। स्थानीय रत्ना बिष्ट आज दिउँसो करिब १२:५० बजे बाटोमा हिँड्ने क्रममा बाटोबाट करिब ५ मिटर तल भिरमा खसेकी थिइन्।

भिरमा खसेपछि उनी रुखको जरामा अड्किएकी थिइन्। घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट झोताबाट ४ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो।

प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो करिब १:२० बजे उनको सकुशल उद्धार गरिएको हो। उद्धारपछि उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।