Skip to main content
समाजOnlinekhabar (Nepali)

पोखरामा देउसी–भैलो उत्सव : देख्नेछन् तिहार मनाएको, गाइ–गोरु पुजेको

Read the full story at Onlinekhabar (Nepali)

पोखरामा देउसी–भैलो उत्सव : देख्नेछन् तिहार मनाएको, गाइ–गोरु पुजेको

२१ कात्तिक, पोखरा । जब नेपाली चाड आउँछ, पोखराले उत्सव मनाइहाल्छ । चाहे दशैं, तिहार होस् चाहे फागुपूर्णिमा वा तीज या होस् क्रिसमस वा ल्होसार, हरेक चाडलाई पोखराले उत्सवमा रुपमा मनाउँछ । हिन्दूहरूको विशेष चाड तिहारको छेकोमा पोखरा आउने विदेशी वा स्वदेशी पर्यटकले देख्न पाउनेछन्, तिहारको महत्व । तिहारमा काग, गाइ, गोरु किन बुझिन्छ ? किन देउसी भैलो खेलिन्छ र किन सप्तरंगी टीका लगाइन्छ ?

एउटै मञ्चमा देख्न, बुझ्न र रमाउन पाइने भएको हो । यस्तो उत्सवको चाँजो मिलाएको हो, पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र पब्लिक फोरके टेलिभिजनले । ३ संस्थाले संयुक्त आयोजना गर्न लागेको कार्यक्रमको नाम दिइएको छ, मौलिक देउसी भैलो उत्सव । कात्तिक २३ गते सोमबार गाईपूजाका दिन पोखरा–६, लेकसाइडस्थित गौरीघाटमा उत्सव आयोजना गर्न लागिएको आयोजकले शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । ‘पोखराले हरेक चाडलाई उत्सवको रुपमा मनाउँछ । नयाँ वर्षमा पोखरा जाउँ भन्ने स्थापित भइसकेको छ ।

दशैंमा रातो टीका र जमरा लगाउँर्दै रमाउँदै हिँडेका पर्यटक लेकसाइडभरि भेटिन्छन् । फागु पूर्णिमामा रङहरुमा खुसी साट्दै हिँडिरहेका पर्यटकले थप रौनक थपिरहेका हुन्छन् । पोखराले हरेक चाडलाई पर्यटनसँग जोडेको छ, मौलिकतासँग जोडेको छ । तिहारलाई पनि त्यसरी नै मनाउँदैछौं,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले भने ।