एनपीएलमा करिब ९० लाखको सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ
Read the full story at Nagarik News

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)-२०२६ मा अनलाइनमार्फत अवैध सट्टेबाजी (बेटिङ) गराएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य, भोजपुर जिल्ला टाउन थाना घर भई हाल काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने ३२ वर्षीय सोनु कुमार सिन्हालाई नियन्त्रणमा लिएको हो।
सिन्हाको साथबाट बरामद गरिएका दुई थान मोबाइल जाँच गर्दा उनले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ठूलो रकमको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ। उनले ‘अलप्यानलएक्सच ९ डट गेम’ , ‘एपिविन २४७ डटकम, ‘बाजीमारो डट अनलाइन’ र ‘टिएनबुक २४७ डटकम’ नामक साइटहरू लगइन गरी नेपाली ८९ लाख ८१ हजार ७२९ बराबरको सट्टेबाजी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका सिन्हालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर) बमोजिम थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
More society
- अमेरिकामा नेपाली नर्स ममता बेपत्ता प्रकरण : पति नरेशले अदालतमा के दिए बयानNepal Khabar
- पहिलोपटक गाउँले भूमिकामा अनमोल, बुवाको धेरै फिल्म नखेलेकोमा मानिरहेका छन् पछुतोNepal Khabar
- तिहारको तयारीसँगै बजारमा चहलपहल (तस्बिरहरू)Nepal Khabar
- जग्गा नामसारी गर्दा एक लाख घुस लिएको आरोपमा नासु पक्राउNepal Khabar
- आईजीपीमा पुनर्बहाली माग गर्दै कार्कीले दिएको रिट तिहारपछि मात्रै सुनुवाइ हुने, बिहीबार भएन दर्ताNepal Khabar
- Nepali Congress alleges surveillance around Gagan Thapa amid arrest rumoursKathmandu Post