Skip to main content
राजनीतिRatopati3 outlets covering

एनपीएलमा आज : पोखरा लिग चरणबाटै बाहिरियो, लुम्बिनी प्लेअफमा

Read the full story at Ratopati

एनपीएलमा आज : पोखरा लिग चरणबाटै बाहिरियो, लुम्बिनी प्लेअफमा

विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गर्दै शीर्ष चारमा पुग्ने सम्भावना बलियो बनाउँदा पोखरा भने लिग चरणबाटै बाहिरिएको छ । दोस्रो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ । बिहीबारको पहिलो खेलमा पोखराले दिएको १३३ रनको लक्ष्य १९ ओभर २ बलमा ६ विकेट गुमाएर विराटनगरले पूरा गर्‍यो । विराटनगरको जितमा मध्यक्रमका ब्याटर बसिर अहमद र लोकेश बमले महत्त्वपूर्ण योगदान दिए । बसिरले ३८ बलमा ३७ तथा लोकेशले २७ बलमा ३३ रन बनाए ।

त्यस्तै, आन्द्रे रसेलको स्थानमा पहिलो खेल खेलेका इसुरु उडानाले १२ बलमा अविजित २५ रन बनाउँदै विराटनगरको जित सहज बनाए । शेहान जयसूर्याले पनि १४ बलमा अविजित १७ रन जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७ ओभर ३ बलमा १३२ रनमै समेटिएको थियो । पोखराका लागि युवराज सम्राले उत्कृष्ट ब्याटिङ गर्दै ४७ बलमा ८४ रन बनाए । उनले आफ्नो इनिङ्समा ५ छक्का र ७ चौका प्रहार गरे ।

तर, अन्य ब्याटरबाट पर्याप्त साथ नपाउँदा पोखरा ठूलो योगफल बनाउन असफल भयो । धनन्जय लक्सनले २२ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए ।