Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

आयो ‘चिरञ्जीवी भवः’ को ‘जाले रुमाल’

Read the full story at Onlinekhabar (Nepali)

आयो ‘चिरञ्जीवी भवः’ को ‘जाले रुमाल’

काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । ‘जाले रुमाल’ बोलको गीत निर्माणपक्षले आज ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतमा शब्दरचना दीपकप्रसाद आचार्यको छ । बाबुल गिरीको संगीत रहेको गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीले स्वर दिएका छन् । गीतमा प्रयोग भएका मौलिक शब्दले समग्र गीतलाई बलियो बनाएको छ ।

टिपिकल शब्द छनोट र प्रयोग छ । बलियो हुकलाइने सिनेमाको यो गीतमा हिट हुने क्षमता प्रदान गरेको छ । सवाल–जवाफ समेत रहेको गीतको भिडियोमा विवाहको सेटअप छ । आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको विवाहको सेटअपमा परिवारले गरेको रमाइलो गीतमा छ। गीतले सिनेमाका क्यारेक्टरको अन्तरसम्बन्ध उजागर गरेको छ । चलचित्रका पात्रहरूको पारिवारिक सम्बन्धलाई खोलेको छ ।

यसक्रममा सिनेमाका अधिकांश पात्र भिडियोमा देखिन्छन् । गीतको अन्तिमको दृश्यले थ्रिल दिने प्रयास गरेको छ । एक्सासि घट्ने घटनाले कुन रुप लिन्छ भन्ने कौतुहलता गीत र यसको भिडियोले सिर्जना गरेको छ । भिडियोमा कोरियोग्राफी गम्भीर विष्टको छ । ‘चिरञ्जीवी भवः’ मा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । ‘चिरञ्जीवी भवः’मा हरिवंश ‘चिरञ्जीवी बाजे’ को क्यारेक्टरमा देखिँदैछन् ।