Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने

Read the full story at Onlinekhabar (Nepali)

राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने

२० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ । सक्रिय सदस्यको इन्ट्री बुधबार राति बन्द भइसकेको सन्दर्भमा इन्ट्री भएका सदस्यहरुको तोकिएको रकम कात्तिक २१ गतेभित्र बुझाइसक्नुपर्ने निर्णय समितिको बैठकले गरेको हो ।

त्यस्तै, सदस्यतामा फोटो छुटेको भए कार्तिक २१ सम्ममा फोटो उपलब्ध गराउनुपर्ने अन्यथा सक्रिय सदस्यको आवेदन अस्वीकृृत हुने निर्णय समितिले गरेको छ । यसअघिको तालिकामा सामान्य संशोधन गर्दै स्वीकृत भएका सदस्यहरुको नामावली कार्तिक ३० गते प्रकाशन गर्ने निर्णय भएको निर्वाचन समितिले जनाएको छ । मंसिर ४ देखि १० गतेभित्र पार्टीको विधान एवं निर्वाचन निर्देशिका बमोजिम योग्य भएका प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरु मध्येबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय भएको हो ।

मंसिर १२ भित्र छनोट भएका महाधिवेशन प्रतिनिधिहरुको फोटो सहितको नामावली केन्द्रीय सचिवालय र केन्द्रीय निर्वाचन समितिलाई पठाउनुपर्ने निर्णय भएको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।