निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त
Read the full story at Setopati

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।
सन् २००० मा सहायक निर्देशकबाट राष्ट्र बैंकमा सेवा सुरू गरेका भण्डारी सन् २०१८ मा कार्यकारी निर्देशक भएका थिए। उनले मौद्रिक व्यवस्थापन, वित्तीय संस्था सुपरिवेक्षण, मानव संशाधन व्यवस्थापन तथा संस्थागत योजना र जोखिम व्यवस्थापन विभागको नेतृत्व गरेका थिए। भण्डारी यसअघि धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य समेत थिए।
उनले सन् २०१९ देखि २०२० सम्म निक्षेप तथा कर्जा सुरक्षण कोषकै सञ्चालक समिति सदस्यका रूपमा पनि काम गरेका थिए। गुल्मीको धुर्कोटका भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट अन्तर्राष्ट्रिय अर्थशास्त्रमा एमएस्सी गरेका छन्। मौद्रिक नीति, वित्तीय क्षेत्रको नियमन तथा आर्थिक अनुसन्धानमा अनुभव रहेका भण्डारीले अर्थतन्त्र र लगानीसम्बन्धी अनुसन्धानमूलक लेख समेत प्रकाशित गरेका छन्।
More business
- न्यायाधीशलाई नै मेलमिलापकर्ता बनाउने सरकारको प्रस्तावमा सांसदहरूको असहमतिNepal Khabar
- निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्तNepal Khabar
- बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षतिNepal Khabar
- बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्तNepal Khabar
- एमालेको इतिहास फर्किएर हेर्न रास्वपालाई शंकर पोखरेलको सुझावNagarik News
- Telangana Tourism showcases heritage and culture at WTM London 2026, seeks global spotlightThe Hindu