Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

Read the full story at Onlinekhabar (Nepali)

८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

२४ कात्तिक, काठमाडौं । बेलायती लेखक एम जोन ह्यारिसनले सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन् । ह्यारिसनले आफ्नो उपन्यास ‘द इन्ड अफ एभ्रिथिङ’ (The End of Everything) मार्फत उक्त पुरस्कार जितेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएन ले जनाएको छ ।

विज्ञान कथा तथा काल्पनिक विधामा कलम चलाउँदै आएका ह्यारिसनको यो उपन्यास विनाशपछिको संसारमा आधारित छ । उपन्यासमा रहस्यमय जीवहरूको आक्रमणपछि सामाजिक संरचना ध्वस्त भएको भविष्यको बेलायतको तटीय क्षेत्रको कथा प्रस्तुत गरिएको छ । पुरस्कार ग्रहण गर्दै ह्यारिसनले आफूले बुकर पुरस्कार जित्ने अपेक्षा नगरेको प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘तपाईंहरू जीवन परिवर्तन भएको कुरा सहजै भन्नुहुन्छ, तर वास्तवमै यस्तो हुँदा अनौठो लाग्दो रहेछ ।

अन्ततः आफूलाई एक वास्तविक लेखक महसुस गरिरहेको छु, यद्यपि ममा अझै आत्मविश्वासको कमी छ । ’ यस वर्षको निर्णायक समितिको नेतृत्व इतिहासकार मेरी बियर्डले गरेकी थिइन् । समितिमा लेखक रेमन्ड एन्ट्रोबस, प्याट्रिसिया लकवुड, समालोचक रेबेका लिउ तथा संगीतकार जार्भिस ककर सदस्य थिए । निर्णायक समितिले १६३ वटा पुस्तकबाट छनोट गरिएका ६ वटा अन्तिम प्रतिस्पर्धीमध्ये ह्यारिसनको उपन्यासलाई सर्वसम्मत रूपमा विजेता घोषणा गरेको हो ।