डेटिङमा डा विशेषले गरेको त्यो ‘वाचा’: जसले नेपालमै सम्भव बनायो बोनम्यारो प्रत्यारोपण
Read the full story at Nepal Khabar

रगतजन्य रोगहरु (हेमाटोलोजी)बारे पढेका पौडेलले फ्याट्ट जवाफ फर्काए, 'अबको ५ वर्षमा म नेपालमै बोनम्यारो प्रत्यारोपण गर्नेछु। ' गर्लफ्रेन्डलाई दिएको त्यही वाचा पूरा गर्दै डा. विशेषले सन् २०१२ मा नेपालमै पहिलो पटक बोनम्यारो प्रत्यारोपण सुरु गराएर चिकित्सा क्षेत्रमा नयाँ इतिहास रचे। वीर अस्पतालको सुरुवाती संघर्ष सन् २००७ मा चीनबाट हेमाटोलोजी (रगतसम्बन्धी रोग) विषयमा एमडी गरेर नेपाल फर्किएका थिए। सरकारी छात्रवृत्तिमा चीन पढ्न गएका डा विशेष पढाइ सकेपछि दुई वर्ष वोन्डिङ गर्न वीर अस्पताल पुगे। उनलाई भनियो, 'तपाईं हेमाटोलोजी पढेर आउनुभएको होइन, ल्याबमा काम गर्नुहोस्।
सुर्खेत वा भक्तपुर जिल्ला अस्पतालमा डाक्टर कम छन् त्यहा जानुहोस्!' पोस्टिङको 'लेटर' लिएर उनी मेडिसिनको एउटा विभागमा पुगे। त्यहाँबाट उनलाई अलग्गै विभागमा जान भनियो। उनले वीरमा काम गर्ने स्थान पाएनन्। उनको कुरा सुनेपछि डा. हरिहरले भने, 'कसैले भनेर हुन्छ कहाँ जाने भनेर? तपाईंले जे पढेर आउनुभएको हो, त्यही पो गर्ने हो त!
तपाईं मेडिसिनमै काम गर्ने हो, जानुस् मेडिसिनमा काम गर्नुस्, अन्त लाग्नै पर्दैन। ' डा. विशेष सम्झिन्छन्, 'उहाँले त्यो नबोल्नुभएको भए सम्भवतः मैले हेमाटोलोजी प्रक्टिस गर्ने वा नगर्ने निश्चित थिएन। त्यो आँट नपाएको भए म अर्कै विभागमा कार्यरत हुन्थेँ होला। ' तर त्यो समय नेपालमा रगतजन्य रोग छुट्याउने उपकरणसमेत थिएन।
More politics
- Naresh Bhatt says he dismembered wife’s body after finding her deadKathmandu Post
- Winning the toss is not benefiting the teams in NPL Season 3Kathmandu Post
- As arrest rumours swirl, Congress sees plot to silence ThapaKathmandu Post
- Bagmati Province to build homes for 1,000 homeless familiesKathmandu Post
- Nepal sets up round-the-clock centre to combat online financial scamsKathmandu Post
- चुमनुब्रीमा नुनको मूल्य किलोकै २ सयNepal Khabar