Skip to main content
खेलकुदBizmandu

एनपीएलमा आजबाट हरेक नतिजाको प्लेअफ होडमा सिधा प्रभाव, आज दुई खेल

Read the full story at Bizmandu

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई वटा खेल हुँदैछन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन्। लिग चरण टुंगिँदै जाँदा आजबाट हरेक खेलले प्लेअफको समीकरणमा प्रत्यक्ष प्रभाव पार्नेछन्। हाल प्लेअफ पुग्न काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स सबैभन्दा कम्फर्टेबल स्थितिमा छन्। काठमाडौं र सुदूरपश्चिमको समान ८ अंक छ भने लुम्बिनीको ७ अंक छ।

लुम्बिनीका कप्तान रोहित पौडेल। फाइल फोटो यसपछि भने सबै टिमहरु सहज स्थितिमा छैनन्। चौथो स्थानको चितवन बाँकीका आफ्ना दुई खेल जिते प्लेअफमा स्थान पक्का गर्न सक्छ। त्यसपछि पाँचौँ, छैटौं र सातौँ स्थानमा जनकपुर, विराटनगर र कर्णाली आफ्ना बाँकी खेल जितेर पनि अन्य टोलीको नतिजामा निर्भर हुनुपर्ने स्थितिमा छन्। पोखरा आधिकारिक रुपमा नबाहिरिए पनि उसको प्लेअफ पुग्ने समीकरण एकदमै कमजोर छ। आज एनपीएलमा दुई खेल हुँदैछन्।

विराटनगर किंग्स भर्सेस पोखरा एभेन्जर्स आजको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्। पोखरा यसपालाको सिजनमा सबैभन्दा खराव प्रदर्शन गर्ने टोलीमा रह्यो। उसले लगातार चार हार पछि बल्ल एउटा जित निकालेको छ। विराटनगरले पाँच खेल खेल्दा दुईमात्रै खेल जितेको छ।