एनपीएलको बीचमै फर्किए विदेशी खेलाडी, को-को गए ? कसको प्रदर्शन कस्तो ?
Read the full story at Onlinekhabar (Nepali)

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको प्लेअफ पुग्न चर्को प्रतिस्पर्धा भइरहँदा केही विश्व चर्चित विदेशी खेलाडी भने प्रतियोगिताको बीचमै फर्किएका छन् । कोही अन्य लिगका लागि फर्केका छन् भने कोही राष्ट्रिय टिमको ड्युटी र कोही आफ्नै व्यक्तिगत कामका लागि एनपीएल बीचमै छाडेर फर्केका हुन् । पहिलो पटक एनपीएल खेल्न नेपाल आएका विश्व चर्चित खेलाडी डेभिड वार्नर देखि आन्द्रे रसेलसम्म, मोइन अली देखि शकिब अल हसन जस्ता विदेशी खेलाडी बीचमै फर्किएका हुन्।
ठूला खेलाडीको अनुबन्ध र आगमनले एनपीएललाई थप प्रतिस्पर्धात्मक र चर्चित बनाउन सहयोग गरेको थियो । तर स्टार विदेशी खेलाडीले बीचमा फर्किएका छन् । केही विदेशी खेलाडी प्रतियोगिताको बीचमै आफ्नो टोली छाडेर फर्किएका छन् भने केही खेलाडी अनुबन्ध भए पनि नेपाल नै आएनन् । जसले गर्दा फ्रेन्चाइज टोलीहरुको टिम कम्पोजिसनमा समेत असर गरेको छ ।
जनकपुर बोल्ट्सले पछिल्लो खेलमा सुदूरपश्चिम विरुद्ध एकै पटक दुई नयाँ विदेशी खेलाडी रायन बर्ल र हेरी टेक्टरलाई खेलाउँदा राम्रो प्रदर्शन हुन सकेन । जनकपुर बोल्ट्सबाट सबैभन्दा धेरै विदेशी खेलाडीले काठमाडौं छाडेका छन् । पाकिस्तानका इफ्तिखर अहमेद र हुनैन शाह प्रतियोगिता अघि नै नेपाल आएपनि एनओसी विवादका कारण कुनै पनि खेल खेल्न पाएनन् र सुरुमै फर्किए ।
More sports
- ‘प्लेअफ’ सम्भावना कायम राख्न आज भिड्दै छन् यी ४ टोलीNepal Khabar
- एनपीएलमा आजबाट हरेक नतिजाको प्लेअफ होडमा सिधा प्रभाव, आज दुई खेलBizmandu
- Wael Mohya could make German football history at 17DW
- On Dakar’s Packed Beaches, Africa Welcomes Its First Youth OlympicsThe New York Times
- Harmeet Singh’s four-wicket haul restricts Sudurpaschim Royals to 120Kathmandu Post
- Nepal seeks mountain-specific early warning systems after devastating floodKathmandu Post