तिहारमा कागको पूजा किन गरिन्छ ? धार्मिक कारण के छ ?
Read the full story at Onlinekhabar (Nepali)

हिन्दू धर्मावलम्बीले हर्षोल्लासपूक मनाउने तिहार पर्वको आफ्नै विशेषता छ । तिहार उज्यालो र खुसीयालीको पर्वको रुपमा चिनिन्छ । तिहारको कुरा गर्नासाथै हाम्रो दिमागमा झिलिमिली बत्तीहररूको प्रकाश, घरआँगनमा फूलेका मखमली र सयपत्री जस्ता रङ्गी बिरङ्गी फूलहरू, देउसीभैलो टोलीको रमाइलो नाचगानका साथै सेलरोटी लगायत विभिन्न मिठाईहरूको सम्झना आइहाल्छ। तिहारपर्वको साँस्कृतिक महत्वमात्रै होइन धार्मिक महत्व पनि धेरै ठूलो छ ।
यमपञ्चक समेत भनिने तिहारको ५ दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरू र आफना दाजुभाइको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरी पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ । हिन्दू धर्मावलम्बीहरुको अर्को ठूलो पर्व दसैं सकिएको लगभग दुई सातापछि नै आउने तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ ।
काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । हाम्रो नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रूपमा लिइन्छ । अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ । कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ ।
More society
- Supreme Court registers Karki’s petition for reinstatement as Nepal Police chiefKathmandu Post
- पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेशNepal Khabar
- विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न परिपत्रNepal Khabar
- तिहारमा परदेशीको पीडा र परिवारको सम्झना समेट्दै जितेन्द्रको देउसी भैलोNepal Khabar
- आज काग तिहार पर्व मनाइँदैNepal Khabar
- तिहार पर्व मर्यादित रूपमा मनाउन मुसिकोट नगरपालिकाको आग्रहOnlinekhabar (Nepali)