प्रहरीमा भावी नेतृत्व जोडिएको एआईजी बढुवामा रस्साकस्सी
Read the full story at Onlinekhabar (Nepali)

इन्स्पेक्टरको ११२औं ब्याचका खत्री, भट्टराई, अधिकारी, खनाल एआईजी बढुवा भएको अवस्थामा २०८४ चैत १७ पछि हुने आईजीपीको एउटा खाकासमेत देखिन्छ । हालका आईजीपी डा.केसी अहिलेकै अवस्थामा ३० वर्षे सेवा अवधिका कारण १७ चैत २०८४ मा अनिवार्य अवकाशमा जानेछन् । २६ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका प्रमुख तथा आईजीपी दानबहादुर कार्कीलाई सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्यो । १८ कात्तिकको आकस्मिक मन्त्रिपरिषद् बैठकले सुरक्षा सल्लाहकारको दरबन्दी सिर्जना गर्दै कार्कीलाई सरुवा मात्रै गरेन, एआईजी डा.
मनोजकुमार केसीलाई ३४औं आईजीपी बनाउने निर्णय पनि सँगै गर्यो । अच्युतकृष्ण खरेल प्रकरणको ३० वर्षपछि प्रहरीमा फेरि त्यस्तै घटना दोहोर्याउँदै सरकारले हुँदै नभएको व्यवस्था सिर्जना गर्दै आईजीपीकै सरुवा गर्यो । यसलाई ३० वर्षपछि प्रहरीमा देखिएको राजनीतिक हस्तक्षेपको रूपमा सुरक्षा जानकारहरूले लिएका छन् । कार्कीको सरुवा गर्दै एआईजी केसीलाई आईजीपी बनाएसँगै नेपाल प्रहरीमा एक एआईजीको पद रिक्त भएको छ । अपराध अनुसन्धान विभागमा कार्यरत रहेका केसी आईजीपी बनेसँगै अहिले विभागको प्रमुख डीआईजी ओम राना छन् ।
अर्थात्, एआईजी प्रमुख हुने विभाग डीआईजीको भरमा चलेको छ । नेपाल प्रहरीमा अहिले एक एआईजी पद रिक्त भएको छ । त्यस्तै, अबको महिना दिनपछि ५ पुसमा थप ५ एआईजी प्रहरीमा खाली हुँदैछन् ।
More society
- भीमफेदी गाडी दुर्घटनाका घाइते सबै एउटै वडाका बासिन्दा : सर्लाही प्रहरीNepal Khabar
- A 15-year-old builds her village a bridge after her appeal goes unansweredKathmandu Post
- Crossing the border for a better educationKathmandu Post
- Nepal’s calendar gives Chhath one day. The festival takes fiveKathmandu Post
- ‘Gem Granites’ Veeramani POCSO case: First charge sheet filed, Madras High Court toldThe Hindu
- Infosys co-founder Narayana Murthy advocates ‘train the teacher’ colleges by retired STEM teachers across IndiaThe Hindu