Skip to main content
समाजBizmandu

दक्षिण एसियामा नेपाल सबैभन्दा ढिलो ‘वृद्ध समाज’ बन्ने, तयारीमा भने कमजोर

Read the full story at Bizmandu

काठमाडौं। नेपाल वृद्ध-वृद्धाको संख्या धेरै हुने देशमा पुग्न अझै ३ दशकको समय बाँकी रहेको विश्व बैंकको प्रतिवेदनले जनाएको छ। प्रतिवेदनमा आउने ३३ वर्षमा नेपालमा वृद्ध-वृद्धाको संख्या उच्च विन्दुमा पुग्ने उल्लेख छ। विश्व बैंकले सो अवधिअघि नै रोजगारी, स्वास्थ्य सेवा र बुढेसकालको सुरक्षा बलियो बनाइएन भने अवस्था बिग्रन सक्ने चेतावनी पनि दिएको छ। ‘दक्षिण एसियामा जनसंख्या परिवर्तन’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा काम गर्ने उमेरका (१५ देखि ६४ वर्ष) मानिसको अनुपात सन् २०४७ मा सबैभन्दा बढी हुने उल्लेख गरेको हो।

त्यसपछि यो अनुपात घट्न थाल्ने प्रक्षेपण गरिएको छ। सन् २०५९ सम्म ६५ वर्ष वा माथिका मानिस कुल जनसंख्याको १४ प्रतिशत पुग्ने अनुमान छ। यसलाई ’एज्ड पपुलेसन’ (वृद्ध समाज) भनेर विश्व बैंकले परिभाषित गरेको छ। यो अवस्था आइपुग्न अझै ३३ वर्ष बाँकी रहेको प्रतिवेदनमा भनिएको छ। दक्षिण एसियाका देशमध्ये यो सबैभन्दा लामो समय हो।

श्रीलंका वृद्ध समाजमा प्रवेश गर्न मात्र चार वर्ष मात्र बाँकी रहेको देखिएको छ। अन्य दक्षिण एसियाली देश जस्तो नेपालमा धेरैजसो मानिस ‘अनौपचारिक काम’ मा काममा रहेको प्रतिवेदनमा भनिएको छ। जसकारण उनीहरु नियमित तलब, बीमा वा पेन्सनबाट बञ्चित हुने देखिएको छ। यो क्षेत्रमा उच्च शिक्षा पढेका कामदारमध्ये पनि ६० प्रतिशतभन्दा बढी यस्तै काममा संलग्न रहेको उल्लेख गरिएको छ।