मन्दिर परिसरमा अन्धाधुन्ध पटाका, बच्चा बोकेकी महिलाको खास्टोमै अड्कियो रकेट
Read the full story at Nagarik News

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको प्रसिद्ध पाँचतल्ले (न्यातापोल) मन्दिर परिसरमै खुला रूपमा पटाका पड्काइँदा सयौँ वर्ष पुराना ऐतिहासिक काष्ठकला संरचना आगलागीको उच्च जोखिममा परेका छन्। उत्सवका नाममा गरिएको यस्ता लापरबाहीले सम्पदा जोखिममा पर्नुका साथै जनस्वास्थ्यमा समेत गम्भीर असर पुगेको भन्दै स्थानीयवासीले आक्रोश पोखेका छन्। न्हुदँया भिन्तुना र्याली (नेपाल संवत् ११४७ नयाँ वर्ष) का सहभागी तथा आन्तरिक पर्यटकले मङ्गलबार राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा पटाका पड्काएका थिए।
ऐतिहासिक काठका मक्किएका संरचना वरिपरि बारुदजन्य पटाका पड्काइँदा निस्किएको आगोको झिल्कोले मन्दिरमै आगलागी हुनसक्ने त्रास बढाएको हो। पटाका पड्काउने क्रममा एउटा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको प्रत्यक्षदर्शीले बताएका छन्। समयमै होस पुर्याइएकाले सम्भावित मानवीय क्षति र आगलागी हुनबाट जोगिएको थियो।
उक्त पटाका मन्दिरको पुरानो काठमा परेको भए अपूरणीय क्षति हुनसक्ने प्रत्यक्षदर्शीको भनाइ छ। घटनास्थलमा सुरक्षाकर्मी उपस्थित भए पनि पटाका पड्काउनेहरूको भिड नियन्त्रण गर्न सकेनन्। पटाका रोक्न आग्रह गर्दा एक सुरक्षाकर्मीले आफूहरू सङ्ख्यामा थोरै भएको र पड्काउनेहरूको सङ्ख्या धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको बताएका थिए।
More society
- Gun attack on Tiger Shroff: Police custody of five accused extended till November 16The Hindu
- Kedarnath temple portals closed for winterThe Hindu
- Bengaluru: Students to take public transport awareness campaign to metro stationsThe Hindu
- Louisiana appeals court revives father's will after six of his nine children challenge signaturesTimes of India
- भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि तिहार पनि अँध्यारोOnlinekhabar (Nepali)
- ‘They see me as non-Western’: Top court to rule on Denmark’s housing lawAl Jazeera