अरुन्धती र एनीका पुस्तकमा सम्बन्ध, समाज र ‘आफू’ का कुरा
Read the full story at Onlinekhabar (Nepali)

अरुन्धती र एनी दुवै चर्चित छन् । तर दुवै एक्लोपनको अनुभूतिमा छन् । वा भनुँ, एकलतालाई तिनले अपनाएका छन् । यो वार्ता सकिँदा कतिपय प्रश्नको उत्तर मिल्नेछ, कतिपय थप प्रश्न जन्मने छन् । दुई प्रसिद्ध लेखिकाहरूका प्रेम, विवाह, विछोड, यौन, साहित्यिक रुचि, परिवार नामक संस्थालाई हेर्ने उनीहरूका बुझाइ के कस्ता होलान् ?
यदि ती लेखिकाहरू नेपाली समाजमा भएका भए के हामी तिनीहरूलाई उही महानताको चस्माले हेर्ने थियौं ? कि प्रश्न र लान्छना बर्साउने थियौं ? विश्लेषक तथा उपन्यासकार विष्णु सापकोटासँग यो संवाद अरुन्धती रोय र एनी अर्नोका किताबहरूमाथि, उनीहरूको जीवनशैली अनि परिवारदेखि संसारसम्मलाई देख्ने उनीहरूको दृष्टि आदिमा केन्द्रित छ । अरुन्धतीले गड अफ् स्मल थिङ्सका लागि बुकर प्राइज पाइन् । नेपाली पाठकलाई अरुन्धतीबारे धेरै चिनाइराख्नु पर्दैन ।
एनी अर्नो पनि साहित्यका लागि सन् २०२२ को नोबल पुरस्कार जितेपछि विश्वभर चर्चामा आइन् । दुवै लेखिका अझै सक्रिय लेखनमा छन् । दक्षिण भारतीय समाजमा हुर्केकी अरुन्धती अनि दोस्रो विश्वयुद्धपछिको फ्रान्समा हुर्केकी एनीका कतिपय भोगाइहरू साझा छन्, कतिपय भने बिल्कुल भिन्न । अरुन्धतीको पछिल्लो संस्मरण पुस्तक ‘मदर मेरी कम्स टु मी’ उनकी आमा मेरी रोय र छोराछोरीसँग उनको उतारचढावपूर्ण सम्बन्धबारे बढ्ता चिहाउँछ । यो पुस्तकबाहेक उनका अरू लेखनबारे थोरै मात्रै चर्चा यस वार्तामा छ ।
More society
- Supreme Court registers Karki’s petition for reinstatement as Nepal Police chiefKathmandu Post
- Parliamentary committee unanimously approves four nominees for Supreme CourtKathmandu Post
- तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारीNepal Khabar
- हेटौँडामा पिकअप र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु, चालक पक्राउNepal Khabar
- कलाकार रमेश दुलालले यसपालि पनि कागको आवाज निकालेर गरे काग सम्मेलनNepal Khabar
- तिहारका २ दिन उपत्यकाको फोहर व्यवस्थापन नहुने, सडकमा फोहोर नफाल्न महानगरको आग्रहNepal Khabar