चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान
Read the full story at Onlinekhabar (Nepali)

चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी आमासँग पुनर्मिलन गरेका छन् । २६ कात्तिक, सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोगिरहेकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः छोराहरूलाई अँगालो हाल्न पाएकी हुन्।
४१ वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोक अमेरिकामा हुर्किएका हुन्। आफूहरूलाई अर्को परिवारले हुर्काएको जानकारी भए पनि चिलीमा जन्म दिने आमाबाट कसरी छुट्याइएको थियो भन्ने उनीहरूलाई थाहा थिएन । रोलनिकले सन् २०२० मा डीएनए परीक्षणमार्फत आफ्नो वास्तविक परिवार चिलीमा रहेको पत्ता लगाए। त्यसपछि आफन्त र छुट्याइएका परिवारको पुनर्मिलनमा संलग्न संस्थाहरूको सहयोगमा उनले आफ्ना दुई भाइ पनि अमेरिकामै रहेको जानकारी पाए।
उनका जुम्ल्याहा भाइ ट्राभिस र क्रिसलाई पनि चार वर्षपछि आमाबाट अलग गरी अमेरिकी दम्पतीको जिम्मा लगाइएको रहेछ । तीनै दाजुभाइबीच सम्पर्क भएपछि घनिष्ठ सम्बन्ध स्थापित भयो । पहिलो सम्पर्क भएको छ वर्षपछि रोलनिक र ट्राभिसले चिली पुगेर आमालाई भेटे ।
More politics
- तीन सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्युNepal Khabar
- परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्रीबीच भेटवार्ताNepal Khabar
- बालगृहमा बालिकालिकाले मनाए सामूहिक भाइटीकाNepal Khabar
- पोखरामा पर्यकटले पनि लगाए भाइटीकाNepal Khabar
- एनपीएलमा सर्वाधिक विकेट हरमितको नाममा, प्रतिस्पर्धामा को-को?Nepal Khabar
- अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथ हटाउन सदनमा पेस महाभियोग प्रस्ताव रोकियोNepal Khabar