Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास

Read the full story at Onlinekhabar (Nepali)

मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास

२१ कात्तिक, काठमाडौं । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् । शमीले सामाजिक सञ्जाल एक्समा ‘सेतो जर्सीलाई बिदाइ गर्दैछु, तर यससँग जोडिएका सम्झनालाई कहिल्यै बिर्सने छैन’ भन्दै आफ्नो सन्यासको घोषणा गरेका हुन् ।

‘पहिलोपटक भारतको टेस्ट जर्सी लगाउँदा देशका लागि केही गर्ने एउटा सपना मात्रै थियो । त्यसपछि प्रत्येक विकेट, संघर्ष, चोट र चोटबाट फर्किने हरेक प्रयासले मलाई केही न केही सिकायो,’ उनले लेखेका छन् । टेस्ट क्रिकेट आफ्नो लागि खेलको एउटा स्वरूप मात्र नभई जीवनकै विशेष हिस्सा रहेको उल्लेख गर्दै उनले अनगिन्ती सुन्दर सम्झनासहित भारी मनले सन्यासको निर्णय लिएको बताएका छन् । उनले आफ्नो क्रिकेट यात्रामा साथ दिने सहकर्मी खेलाडी, प्रशिक्षक, परिवारका सदस्य तथा सुखदुःखका हरेक क्षणमा साथ र विश्वास कायम राख्ने भारतीय क्रिकेट समर्थकप्रति आभार व्यक्त गरेका छन् ।

त्यस्तै, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र क्रिकेट एसोसिएसन अफ बंगाललाई पनि उनले धन्यवाद दिएका छन् । ती संस्थाले आफ्नो प्रतिभामाथि विश्वास गर्दै अघि बढ्ने अवसर दिएको उनको भनाइ छ । ‘टेस्ट क्रिकेटमा मैदानमा फालेको मेरो अन्तिम बल सायद यसअघि नै फालिसकेको छु ।