३१ किलो गाँजा र खैरो हेरोइनसहित पाँच जिल्लाबाट १० जना पक्राउ
Read the full story at Nagarik News

प्रहरीले देशका विभिन्न पाँच जिल्लाबाट ठूलो परिमाणको गाँजा र खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेको छ। सुनसरी, मकवानपुर, झापा, उदयपुर र कञ्चनपुरका विभिन्न स्थानबाट उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ बाट प्रहरीले करिब ३१ किलो १०० ग्राम गाँजासहित सोही गाउँपालिका-२ का २२ वर्षीय नित्यानन्द यादवलाई गएराति पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय देवानगञ्जको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। सुनसरीकै इटहरी उपमहानगरपालिका-५ रामजानकी टोलबाट ३ ग्राम ६२० मिलिग्राम खैरो हेरोइनसहित ३९ वर्षीय युवराज भुजेलसहित दुई जनालाई कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले घर खानतलासीका क्रममा पक्राउ गरेको छ। यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका-४ प्रेमनगरबाट ४ ग्राम ८५० मिलिग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बेलौरीले कैलाली गोदावरी नगरपालिका-८ मझगाउँका ३३ वर्षीय अशोक चौधरी र २६ वर्षीय उपेन चौधरीलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। उता उदयपुरको बेलका नगरपालिका-१ आम्बासीबाट १ ग्राम ७ मिलिग्राम ब्राउनसुगरसहित २४ वर्षीय प्रबिन विश्वकर्मासहित तीन जनालाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको टोलीले शनिबार साँझ पक्राउ गरेको छ।
More society
- तिहारको शुभकामना दिँदै निवर्तमान आईजीपी कार्कीले भने- सामूहिक हित र संस्थागत एकताले मात्रै साझा विजय सम्भव हुन्छNepal Khabar
- तिहारले आपसी एकता र सद्भाव अझ बलियो बनाओस् : कांग्रेस सभापति थापाDC Nepal
- West Bengal to institute 'Seema Mitra' award for BSF, SSB, police personnel from 2027: SuvenduThe Hindu
- सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्नेOnlinekhabar (Nepali)
- सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरारNagarik News
- Hong Kong’s top drama school to stage entrance as university town expands campusSouth China Morning Post