तिहारमा ५२ लाख फूलमाला
Read the full story at Nagarik News

तिहारमा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ। तिहारका लागि सयपत्री, मखमली, गोदावरी र विभिन्न फूल मिसाएर माला बनाउन सुरु गरिएको छ। तिहारमा ४५ लाख सयपत्री, छ लाख मखमली, २० हजार गोदावरी र ६० हजार मिक्स माला खपत हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताए। ‘करिब ४८ करोड रुपैयाँका माला कारोबार हुने अपेक्षा छ,’ श्रेष्ठले भने, ‘तिहार नेपाली पुष्प व्यवसायका लागि ठूलो बजार हो।
’ फूलका मालाको अधिकांश माग स्वदेशमै उत्पादित फूलबाट पूर्ति हुने उनले बताए। गत वर्ष व्यावसायिक रूपमा उत्पादित करिब ४० लाख सयपत्री माला खपत भएको थियो। यस वर्ष उत्पादन क्षेत्र र बजार विस्तार भएकाले सयपत्री मालाको खपत ४५ लाख पुग्ने अनुमान छ। गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले केही क्षेत्रमा सयपत्री खेतीमा क्षति पुर्याएको थियो।
त्यसका बाबजुद आन्तरिक उत्पादनबाट करिब ४० लाख माला बराबरको आपूर्ति हुने एसोसिएसनको अनुमान छ। बाँकी माग स्थानीय तथा ग्रामीण क्षेत्रमा उत्पादित फूल बजारसम्म पुर्याएर र आवश्यक परे वैकल्पिक स्रोतबाट व्यवस्थापन गर्ने तयारी भइरहेको एसोसिएसनले जनाएको छ। तिहार नजिकिएसँगै काठमाडौं उपत्यकामा फूल तथा मालाको कारोबार बढ्न थालेको छ। यस वर्ष तिहारमा प्रयोग हुने सयपत्री, मखमली, गोदावरी र मिक्स फूलका मालाको मूल्य प्रकारअनुसार फरक रहेको छ।
More society
- Supreme Court registers Karki’s petition for reinstatement as Nepal Police chiefKathmandu Post
- चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडाNepal Khabar
- आज काग तिहार पर्व मनाइँदैNepal Khabar
- हेटौँडामा पिकअप र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु, चालक पक्राउNepal Khabar
- कलाकार रमेश दुलालले यसपालि पनि कागको आवाज निकालेर गरे काग सम्मेलनNepal Khabar
- तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारीNepal Khabar