‘जलाकी’ मा प्रेमभन्दा गहिरो छ प्रतीक्षा र सम्झना छ’
Read the full story at Onlinekhabar (Nepali)

प्रेम केवल पाउनुको नाम होइन, कसैको प्रतीक्षामा जीवन बिताउनु र उसको सम्झनालाई मनमा सँगालेर बाँच्नु पनि प्रेमकै एउटा रूप हो । यस्तै प्रेम, त्याग, विछोड, प्रतीक्षा र सम्झनालाई मगर समुदायको मौलिक सांस्कृतिक पृष्ठभूमिसँग जोडेर तयार भएको नेपाली फिल्म ‘जलाकी’ मंसिर ४ गतेदेखि प्रदर्शनमा आउँदैछ । अशोक थापा मगरको निर्देशनमा तयार भएको फिल्ममा उपासना सिंह ठकुरी, सोनाम तोप्देन र शिल्पा मास्केलगायत कलाकारको अभिनय छ । फिल्मको कथा र आफ्नो भूमिकाबारे कुरा गर्दै उपासना सिंह ठकुरीले ‘जलाकी’ लाई सामान्य प्रेमकथाका रूपमा मात्र बुझ्न नहुने बताइन् ।
‘प्रेम भन्नेबित्तिकै प्रेमी– प्रेमिकाबीचको सम्बन्ध सम्झिन्छ । तर प्रेमको दायरा त्यतिमा मात्र सीमित हुँदैन’ उपासना सिंह ठकुरी भन्छिन्, ‘आमाबुबा र छोराछोरीबीचको माया, जीवनसाथीबीचको सम्बन्ध, छुटेका मान्छेको सम्झना र कसैको प्रतीक्षामा बितिरहेको जीवन पनि प्रेमकै रूप हुन् । ’ फिल्मको शीर्षकसँगै जोडिएको ‘जलाकी’ मगर समुदायको मौलिक सांस्कृतिक प्रतीक हो । ढुङ्गाबाट बनाइने यस संरचनासँग पुर्खाको सम्झना, आस्था, विश्वास र सांस्कृतिक पहिचान जोडिएको छ।
यही प्रतीकलाई फिल्मको कथासँग जोडिनु यसको विशेष पक्ष रहेको उपासना सिंह ठकुरीको भनाइ छ। मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्ममा उपासना सिंह ठकुरीसँगै सोनाम तोप्देन र शिल्पा मास्केलगायत कलाकारको अभिनय छ ।
More politics
- तेस्रो एनपीएलमा पोखराका ओपनर सामराले हाने पहिलो शतकNepal Khabar
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar
- सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)Nepal Khabar
- एनभिडियाका सीईओ जेन्सेनकी प्रेमिका चिनियाँ जासुस रहेको आरोपले अमेरिकामा हलचलNepal Khabar