Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

जनताको हुर्मत लिन जनताको अभिमत दुरुपयोग नगर्नुस् : रवि लामिछाने

Read the full story at Onlinekhabar (Nepali)

जनताको हुर्मत लिन जनताको अभिमत दुरुपयोग नगर्नुस् : रवि लामिछाने

२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्ताहरूलाई दम्भ त्याग्न र जनताले दिएको अभिमतको दुरुपयोग नगर्न कडा निर्देशन दिएका छन्। शुक्रबार चितवनमा पार्टीको एक कार्यक्रममा बोल्दै उनले शक्ति हातमा आएको भन्दै जनता र तल्लो तहका कार्यकर्ताको हुर्मत लिने काम पार्टीलाई सह्य नहुने चेतावनी दिए।

‘आज हामी ठूला पार्टी भयौँ, हाम्रा हातमा पुलिस छन्, हाम्रा हातमा सीडीओ छन् भन्ने दम्भ त्याग्नुपर्छ,’ आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘जनताले दिएको यो अभिमत जनताकै हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला। पार्टीले यो सबै नियालिरहेको छ। जब सर्वाधिक शक्ति मिल्छ, त्यतिबेला नै सर्वाधिक जिम्मेवार भएको महसुस हुनेगरी आफ्ना अभिव्यक्ति र क्रियाकलाप सञ्चालन गर्न जरुरी हुन्छ।

’ लामिछानेले पार्टीभित्र सांसद (माननीय) बनेका र सँगै सङ्घर्ष गरेका अन्य साथीहरूबीच देखिन थालेको मनोवैज्ञानिक दुरीप्रति पनि चिन्ता व्यक्त गरे। माननीय भइसकेकाहरूले तल्लो तहका कार्यकर्तालाई नदेखेझैँ गर्दै हिँड्ने र पद नपाएकाहरूले सांसद बनेकाहरूप्रति भित्रभित्रै आरिस गर्ने र कुरा काट्ने प्रवृत्ति बढेको भन्दै उनले दुवै पक्षलाई सचेत गराए।