Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

राजधानीमा फूलको कारोबार व्यापक

Read the full story at Onlinekhabar (Nepali)

राजधानीमा फूलको कारोबार व्यापक

हाल देशभर ३२५ हेक्टरभन्दा बढि क्षेत्रफलमा पुष्पखेती भइरहेको र पुष्प व्यवसायमा अनुमानित लगानी ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढि रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । २२ कात्तिक, काठमाडौं । यमपञ्चकअन्तर्गत लक्ष्मीपूजाको दिन आइतबार काठमाडौंमा फूलको व्यापार बढेको छ ।

उपत्यकाका विभिन्न स्थानबाट तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री फूलको किनबेच व्यापक मात्रामा भइरहेको छ । यस बर्ष तिहारमा ६४ करोड ५० लाख बराबरको फूलको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । सयपत्री फूलका साथै भाइटीकामा प्रयोग हुने मखमली फूलको व्यापार समेत बढेको छ ।

हाल देशभर ३२५ हेक्टरभन्दा बढि क्षेत्रफलमा पुष्पखेती भइरहेको र पुष्प व्यवसायमा अनुमानित लगानी ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढि रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।