समाजOnlinekhabar (Nepali)
गुल्मीमा तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न प्रशासनको आग्रह
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहार, छठ तथा नेपाल संवत्का अवसरमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जिल्लावासीलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले सार्वजनिक सूचना जारी गर्दै देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित र व्यवस्थित रूपमा राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेका छन् । प्रशासनले पटका, आतसबाजी तथा विस्फोटक पदार्थ प्रयोग नगर्न, जुवातास नखेल्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र सार्वजनिक स्थानमा होहल्ला नगर्न आग्रह गरेको छ ।
त्यस्तै, चाडपर्वका बेला घरको सुरक्षा गर्न, बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल राख्न, क्षमताभन्दा बढी यात्रु नबोक्न, चर्को भाडा नलिन र ट्राफिक नियम पालना गर्न पनि अनुरोध गरिएको छ ।
More society
- Supreme Court to decide on ousted IG Karki’s writ petition todayKathmandu Post
- Supreme Court registers petition challenging removal of Nepal Police chiefKathmandu Post
- Malaysia ex-PM Najib Razak set for house arrest after party pays fine to leave jailKathmandu Post
- केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले गरे मातहत प्रहरी कार्यालयका सूचना अधिकारीहरूसँग छलफलNepal Khabar
- Supreme Court refuses to suspend Tarun Tejpal’s 10-year sentence in 2013 rape caseThe Hindu
- मधुपर्कको सम्पादकमा भट्टराई, मुनामा अधिकारीThaha Khabar