Skip to main content
राजनीतिNepal Khabar

बिग मुभिजमा बारको फोरके आरजीबी लेजर प्रोजेक्टर जडान

Read the full story at Nepal Khabar

बिग मुभिजमा बारको फोरके आरजीबी लेजर प्रोजेक्टर जडान

दर्शकको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको मल्टिप्लेक्स बिग मुभिजले अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्र्याएको छ। दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गर्ने पहिलो मल्टिप्लेक्स बिग मुभिजले सिनेमा हललाई रिनोभेसन गरी अत्याधुनिक सुविधा सम्पन्न बनाएको छ। रिनोभेसनका क्रममा कम्पनीले आफ्नो मूल नारा 'एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफिरेन्स'लाई सार्थक बनाउन हलको प्रविधि, ध्वनि, सिट, वातावरणजस्ता सबै पक्षमा अन्तर्राष्ट्रियस्तर कायम गरेको छ।

बिग मुभिजले स्टेट अफ द आर्ट दृश्य प्रविधि बारको फोरके आरजीबी लेजर प्रोजेक्टर जडान गरेको छ। कम्पनीले युरोपेली ब्रान्डको बहुचर्चित बारको एसपी४के-२०सी (सिरिज ४) स्मार्ट लेजर प्रोजेक्टरमा २१,००० ल्युमेन्सको ब्राइटनेस र ४के (४०९६x२१६०) को नेटिभ रिजोलेसन रहेको छ । पर्दामा चलचित्रका दृश्यहरूलाई अत्यन्त स्पष्ट, चम्किलो र जिवन्त बनाउन कम्पनीले ठुलो रकम खर्चेर यो प्रोजेक्टर जडान गरेको हो।

चलचित्रका दृश्यमा वास्तविक र उच्च गुणस्तरीय रङ संयोजनका लागि ९८.५ प्रतिशतभन्दा बढी रेस २०२० र डीसीआईए३ कलर स्पेस सपोर्ट गर्ने प्रविधि जडान गरिएको छ। पर्दाका दृश्यलाई अत्यन्त स्पष्ट, चम्किलो र जीवन्त बनाउन बिग मुभिजका हलहरूमा १९x४३ फिट, २०x४३ फिट र २०x४६ फिट आकारका विशेष सिल्भर स्क्रिन राखिएका छन्।