फेरि ‘पिपली लाइभ’को याद आयो, आत्महत्या गर्ने किसानलाई सरकारले एक लाख दिने भनेपछि
Read the full story at Onlinekhabar (Nepali)

रवि लामिछानेले भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ‘राहत रकम’ दिने कुरा उठाइरहँदा मलाई आमिर खानको फिल्म ‘पिपली लाइभ’ झल्झली याद आयो । सर्वसाधारणको जीवन भन्दा मृत्यु कसरी मूल्यवान बनाइदिन्छन् ? गरिबको नियतिमाथि राजनीतिले कति रसिलो खेल खेल्छन् ? कसरी उनीहरूको बाध्यतालाई आफ्नो लोकप्रियतामा बदल्छन् ? फिल्मले एकदमै चोटिलो ढंगले यही प्रश्नको उत्खनन गर्छ। फिल्म हेरिरहँदा मनलाई यस्तै उथलपुथलले अशान्त बनाइरहन्छ । सन् २०१० मा प्रदर्शनमा आएको यो फिल्म हामीले गोपीकृष्ण हलमा पुगेर हेरेका थियौँ ।
फिल्म केवल मनोरञ्जन मात्र होइन, एउटा अभियान पनि हो । यो फिल्मले गरिब किसानको पक्षमा वकालत गरिरहँदा त्यस्तै लागेको थियो । दृश्यभाषाको यति शक्तिशाली माध्यमले राष्ट्रिय योजनाहरूमा केही प्रभाव पार्छ भन्ने लागेको थियो । तर आज जुग बित्यो, संसार उस्तै छ । सर्वसाधारणको दुःख उस्तै छ । खेल उस्तै छ, खेलाडी उस्तै छन् । भारतको पिपली भन्ने एउटा गाउँ छ ।
त्यहाँ दुई किसान दाजुभाइ बस्छन् । उनीहरूकी आमा रोगले थलिएकी छन् । दुई लालाबाला भोकले निचोरिएका छन् । अनि किसान दाजुभाइ ? उनीहरू कहिल्यै नसकिने दुःख, अभाव र ऋणले थिचिएका छन् । खेतीपातीबाट गुजारा गर्न गाह्रो भएपछि उनीहरूले बैंकबाट मामुली ऋण लिएका हुन्छन् । जब ऋणभार बढ्दै जान्छ, उनीहरू त्यसको साँवा–ब्याज तिर्न असमर्थ हुन्छन् ।
More politics
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Why teams are preferring to bat first at NPLKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post