Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

नेताहरूको स्वार्थले अस्थिर मधेश सरकार

Read the full story at Onlinekhabar (Nepali)

नेताहरूको स्वार्थले अस्थिर मधेश सरकार

अघिल्लो कार्यकाल पाँचै वर्ष सरकार टिकाएर कीर्तिमानी अभ्यास भएको मधेशमा यसपटक अरु प्रदेश जस्तै चरम राजनीतिक अस्थिरता देखियो । गत ३० असोजमा एमालेले समर्थन फिर्ता लिएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वैधानिक बाध्यतामा रहेका मुख्यमन्त्री यादवले बहुमत जुटाउने स्थिति देखिँदैन । गत शुक्रबार मात्र नेकपाका मन्त्रीहरूले पनि राजीनामा बुझाएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले बुहमत जुटाउने सम्भावना थप कमजोर बनेको छ ।

कांग्रेस सभापति गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गुन्डु नै पुगेर (१७ कात्तिकमा) भेटेको र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि निरन्तर संवाद गरिरहेकाले कांग्रेस नेता यादवको मुख्यमन्त्री पद लम्बिन सक्ने केही आशा थियो । ‘कांग्रेस नेतृत्वले नमानेपछि प्रदेश सरकारहरूमा सहकार्य गर्न एमाले र नेकपाबीच भएको ३ बुँदे सहमति बमोजिम नै मधेश सरकार फेर्न लागेका हौं,’ एमाले प्रचार विभाग प्रमुख निरज आचार्य भन्छन् । गत ९ साउनमा ओली र प्रचण्डबीच सातै प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सम्झौता भएको छ ।

जसबमोजिम कांग्रेससँग कायम सत्ता साझेदारी तोड्ने र नयाँ सरकार फेर्ने कोर्समा एमाले–नेकपाका नेताहरू छन् । उक्त सम्झौताकै आधारमा बागमती, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्री फेरिएका छन् । कोशी र लुम्बिनीमा एमालेकै सरकार भएकाले कांग्रेसलाई हटाइएको छ ।